-
Home
-
सिनेमा
-
काङ्ग्रेस सरकारमा जाँदैन, सरकार पनि ढाल्दैनः गगन
काङ्ग्रेस सरकारमा जाँदैन, सरकार पनि ढाल्दैनः गगन
- बैशाख १०, २०७३
- ब्लाष्ट खबर
काठमाडौं(ब्लाष्ट) नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले काङ्ग्रेस तत्काल सरकारमा नजाने र सरकार परिवर्तनको खेलमा पनि नलाग्ने बताएका छन् ।
नयाँ संविधान जारी भइसकेको अवस्थामा राष्ट्रिय सरकार नभइ बलियो प्रतिपक्ष सहितको सरकार आवश्यक पर्ने भएकाले काङ्ग्रेसले अब त्यो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । प्रेस युनियन गुल्मीले बिहीबार तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकार नचाहिने र काङ्ग्रेस राष्ट्रिय सरकारमा बस्दा पनि नबस्ने जिकिर गरे ।
संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकार आवश्यक पर्ने र काङ्ग्रेस यही सरकारमा आउने भन्ने हल्ला ‘बकम्फुसे कुरा’ मात्र भएको उनको दाबी थियो । यो सरकारले कामै गर्न नसके मात्र काङ्ग्रेसले आफ्नै बलमा सरकार ढाल्ने उनले बताए । सरकार सञ्चालनमा बाहिरी शक्तिहरु हावी हुन थालेको भन्दै उनले अब त्यस्तो अवस्था आउन दिन नहुने र काङ्ग्रेसले त्यसलाई निरुत्साही गर्ने बताए ।
नेता थापाले काङ्ग्रेसले सरकार परिवर्तन नगर्ने र गर्नैपर्ने अवस्था आएपनि अर्को शक्ति एमालेलाई प्रतिपक्षमा राखेर मात्र सरकार सञ्चालन गर्ने बताए । सरकारले गर्ने नियुक्ति सिफारिसमा भागवण्डा गर्ने परम्पराको पनि अन्त्य हुनुपर्ने पनि नेता थापाको भनाइ थियो । सरकारले गर्ने नियुक्तिको गुण–दोषका आधारमा विरोध र समर्थन मात्र गर्ने हो ।
‘सरकार जसको हो उसैले नियुक्ति गर्न पाउनुपर्छ’, उनले भने, ‘२÷४ व्यक्ति परे परेनन् वा पाउनुपर्छ भन्न पाइँदैन अब ।’ सरकारका नियुक्तिमा भागवण्डा गर्ने परम्परा गलत छ, त्यो त्याग्नुपर्ने र काङ्ग्रेसले त्यसलाई निरुत्साहित गर्नुपर्ने पनि उनको दाबी थियो ।
पत्रकारको जिज्ञासामा नेता थापाले मधेशी मोर्चाको गठबन्धन आपैंmभित्र कमजोर बन्दै गएको बताए । उनले सीमाङ्कनको विवाद उनीहरुले नै समाधान गर्न नसक्ने अवस्थामा मोर्चा पुगेको बताए । ‘अब मोर्चा आपैंmले प्रदेशको सीमाङ्कनको टुङ्गो उनीहरु आपैंmले गरेर ल्याए सरकारलाई सजिलो हुन्छ’, उनले भने, ‘तर मोर्चा आपैंmले त्यसको टुङ्गो लगाउन सक्ने अवस्थामा छैन ।’ तमुवान, थारु, मधेशी सबैका छुट्टाछुट्टै सीमाङ्कनका माग भएकाले अब मोर्चाले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।
सरकारले कालाबजारीया र भ्रष्टाचारीलाई नियन्त्रण गर्न नसक्दा सर्वसाधारण चर्को महङ्गीको मारमा परेको उनले बताए । सरकारले कारवाही गर्न नसकेपनि नियन्त्रणमा समेत ध्यान नदिएको उनको आरोप थियो ।